Saturday, September 21, 2019

कबड्डी कबड्डी कबड्डी को व्यापार कल्पना गरेको भन्दा माथि !

कबड्डी कबड्डी कबड्डी को व्यापार कल्पना गरेको भन्दा माथि !

शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बम्पर व्यापार गरेको छ ।
















पहीलो दिन शुक्रबार  मात्र यो चलचित्रले १ करोड ४५ लाख माथिको व्यापार गरेको निर्माणपक्षले वताएको छ ।

शनिबार चलचित्रको व्यापार शुक्रबारको तुलानामा केही माथि हुने सम्भावना छ ।















शनिबारका लागि देशभरका मल्टिप्लेक्सले शोज समेत बढाएका छन् । चलचित्रले २ दिनमै आफ्नो लगानी सुरक्षित गर्ने देखिएको छ ।
 रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, बिजय बराल, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।




 यसैविच, शनिबार चलचित्रका मुख्य कलाकारहरू काठमाण्डौका विभिन्न हलहरूमा पुगेका छन् ।
 दर्शकसँग साक्षात्कार गर्न चाबहिलमा अवस्थित गोपिकृष्ण हलमा पुगेका चलचित्रका कलाकारहरूलाई दर्शकहरूले चलचित्र मन परेको प्रतिक्रिया दिएका थिए।












नायक दयाहाङ राइलाई दर्शकहरूले अब बिहे कहिले हुन्छ ?भनेर सोधिरहेका थिए ।
यस्तै, दर्शकहरूले कलाकारसँगै चलचित्रको गीत समेत गाएर रमाइलो गरीरहेका थिए।


 सिंगल र मल्टिप्लेक्स दुबैमा आक्रामक व्यापार गरिरहेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले नयाँ रेकर्ड बनाउने संभावना देखिएको छ । यसैविच, चलचित्रकी नायिका उपासना सिंह ठकुरीले चलचित्रको यूनिटसँग जन्मदिन मनाएकी छिन् ।
गोपिकृष्ण हलको परिसरमै निर्माण यूनिटले केक काटेर नायिका ठकुरीको जन्मदिन सेलिव्रेशन गरेको थियो ।










नायिका ठकुरीले जन्मदिनमा यति ठूलो माया पाएको भन्दै खुशी व्यक्त गरिन् । चलचित्रको लाइफ टाइम कलेक्शन भोलीबाट देखिने दर्शकको चापमा भर पर्नेछ ।


नेपाली चलचित्र


0 comments:

आफ्नो विचार COMMENT गर्नुहोस् धन्यवाद

Popular Posts

Featured Video