Sunday, January 20, 2019

ओखलढुंगा सेवा समाज दक्षिण कोरिया को ५ औ बार्षिक साधारणसभा तथा तेस्रो अधिबेशन



मात्र २ हप्ता बाकी ।
ओखलढुंगा सेवा समाज दक्षिण कोरिया को ५ औ बार्षिक साधारणसभा तथा तेस्रो अधिबेशन








सूचना ।।
सर्वप्रथम कोरिया रहनु भएका सम्पुर्ण ओखलढुंगेलिहरुमा नमस्कार ।
यहि हप्ता ओसेस कार्यसमिति मा भएको छलफल र निर्णय अनुसार ओखलढुंगा सेवा समाज दक्षिण कोरिया को ५ औ वार्शिक साधारणसभा तथा तेस्रो अधिबेशन तपशिल को मिति,स्थान र समयमा हुने भएको हुदा कोरियामा रहनु भएका सम्पुर्ण ओखलढुगेलिहरुलाइ अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
अधिवेशनका कार्यसुचिहरु
* उद्घाटन सत्र।
* आय व्यय तथा प्रगति विवरण ।
*स्वागत तथा विदाइ।(नव आगन्तुक तथा कार्य अबधि सकेर नेपाल फर्कने जिल्लावासिहरुलाइ)
*ओसेसको बारेमा सामुहिक छलफल तथा सर सल्लाह सुझाब सङकलन।
* नया कार्यसमिति चयन।
* कार्यक्रम समापन
*दिवाभोज ,रमाइलो भलाकुसारी तथा कोरियन पर्व सलनाल को शुभकामना आदनप्रदान।
मिति:३ फेब्रुअरी २०१९
स्थान :सगरमाथा रेस्टुरेन्ट थेजन
(대전 동구 중양로 203 번길 26 2층)
सम्पर्क 01026653995/01086815297
समय :बिहान ११ बजे
प्रवासमा समाज किन चाहिन्छ??
१.प्रवासको न्यास्रो मेटाउन।
२.आपत विपदमा आवश्यक सहयोग लिन/दिन।
३.आपसी एकता,मित्रता र भाइचारा अभिवृद्धिको लागी।
४.हाम्रो मौलिक धर्म,सस्कार सस्कृती जोगाउन साथै प्रवास मा प्रवर्द्धन गरि नेपाल चिनाउनको लागी।
५.आफ्नो देश, जिल्ला, गाउँ,ठाँउमा भए गरेका सामाजिक कार्यहरुमा सहकार्य गर्न ।
८.अकस्मात आइपर्ने दैवी प्रकोपहरुमा हातेमालो गर्न।
७.नेपाल र कोरियाको मैत्री सम्बन्ध जनस्तरमा वृद्दी गर्न।
तसर्थ कोरिया आइ विविध पेशा र व्यवसायमा सम्लग्न सम्पुर्ण ओखलढुंगेलिहरु लाइ हामी सबै ओखलढुंगेहरुको साझा सस्था ओखलढुंगा सेवा समाजमा औपचारिक आवद्दताको लागी हार्दिक अनुरोध गर्दछौ।"सामाजिक रुपान्तरणको लागी हातेमालो अभियान "भन्ने हाम्रो सस्था ओसेसको मुल नारामा समाहित हुन अनुरोध गर्दछौ।
र साथै यो पनि।
हामी जुन उद्देश्यले कोरिया आएका हौ त्यो पनि नभुलौ।अध्यन,व्यव्साय या पेशा के गर्नु हुन्छ त्यस प्रती सदैव वफादार रहौ।आफ्नो स्वास्थ को सदैव ख्याल गरौ।यहाको नियम, कानुन,रितिथिती,सस्कार- सस्कृतिको उचित सम्मान गरौ।
यहाहरु सबैको आजको सप्ताहन्त रमाइलो रहोस।शुभ दिन। धन्यवाद।
श्रीराम गुरुङ 
सचीव,ओसेस कोरिया

0 comments:

आफ्नो विचार COMMENT गर्नुहोस् धन्यवाद

Popular Posts

Featured Video