Thursday, November 21, 2019

संसार कै विषालु सर्प Pokhara मा king cobra (Nepal)सर्प देखियो स्थानीय त्रसित

संसार कै विषालु सर्प Pokhara मा king cobra (Nepal)सर्प देखियो स्थानीय त्रसित


















































गोमन ज्यादै विषालु सर्प हो। यो सर्प नेपालमा तराईको होचो भू-भागदेखि १,६०० मिटर उचाईसम्मको भौगोलिक क्षेत्रमापाइन्छ।
यो सर्प प्राय घना जंगल मा वस्ने गर्दछ यस् सर्प ले अन्य सर्प हरू लाई खान्छ।
 यस सर्प ले अन्य सर्प ले जसरी मानिस लाई टोक्दैन यस्लाई जिस्क्यायो चलाये भने   मात्र टोक्छ र यस् सर्प ले टोके को कुनै उपचार छैन्।
  गोमन सर्पको विष, काँचुली, छाला र बोसो परम्परागत औषधी बनाउन प्रयोग हुने गरेको छ।
त्यसो त सपेराहरूले यसलाई सर्पको खेल देखाउने जस्तामनोरन्जनात्मक क्रियाकलापमा पनि प्रयोग गर्छन्। साथै वैज्ञानिकहरूले पनि अनुसन्धानका लागि गोमन सर्प प्रयोग गर्ने गर्छन्।

 यो सर्पअति नै विषालु हुने भएको हुँदा गाउँघरमा यसलाई देख्ने बित्तिकै मार्ने गरिन्छ।













 मानिसले यसलाई शत्रु ठान्दा र विभिन्न प्रयोगको लागिउपयोग गर्दा गोमन सर्पको सङ्ख्या घट्दै गएर लोप हुने सम्भावना बढ्दै गएको छ।
 त्यसैले वातावरण, प्राणी र वनस्पतिको संरक्षणकालागि काम गर्ने विश्व संरक्षण सङ्घले यसलाई लोप हुन लागेको घस्रने जनावरको सूचीमा राखेको छ।

अन्तर्राष्टि्य बजारमा समेत गोमनको विष, छाला, काँचुली र बोसोको लुकीछिपी व्यापार हुने गरेको छ।
अवैध व्यापार नियन्त्रण गर्नबनेको विश्वव्यापी कानुन (साइटिस)को सूची नं. २मा गोमन सर्पलाई राखिएको छ।
त्यस्तै गोमन सर्पको संख्या र अवस्थाबारे धेरैअध्ययन हुन नसकेका कारण विश्व संरक्षण सङ्घको खतराको सूचीभित्र पनि पर्याप्त तथ्यांक नभएका प्रजातिको समूहमा गोमनसर्पलाई राखिएको छ।

गोमन सर्प जति विषालु भए पनि वातावरण सन्तुलन राख्नमा यसको महत्त्वपूर्ण भूमिका रहेको छ।
PHOTOS


©ownfriendlystudio
SHARE,COMMENTS

0 comments:

आफ्नो विचार COMMENT गर्नुहोस् धन्यवाद

Popular Posts

Featured Video