Tuesday, June 25, 2019

GALBANDI गीत बिवात मा एक आपसमा आरोप प्रत्यारोप !!

GALBANDI(गलबन्दी ) गीत बिवात मा एक आपसमा  आरोप प्रत्यारोप !!



अहिले का चर्चित गायक  Prakash Saput को नया गीत Galbandi गलबन्दी | Prakash Saput & Shanti Shree Pariyar | Anjali Adhikari        यस    गीत ले सफलताको को शिखर चुमे लगत्तै  चर्चित अग्रज गायक Shambhu rai  को गीत Deusi Bhailo "देउसी भइलो " by Shambhu Rai  सँग लय मिलेको कुरा ले SOCIAL MEDIA हरु मा एक आपस लाई आरोप प्रत्यारोप गरे र यस बिवात ले अझ ठुलो रुप लीने सम्भाबना देखिदै 
छ अर्को आरोप प्रात्यरोप SHAMBHU RAI को गीत ( NARAYAN GOPAL)नारायण गोपाल को गीत सँग मिलेको प्रात्यरोप VIDEO CLICK HERE  यस बिवात ले  अन्य  जातीय  बिवात पनि निम्त्याएको  हामी ले देख्न सकिन्छ ll यस बिवात चुलिदै जाने छ तेसै ले ढिला नगरी कसैको कुरा नसुनी कानुनि प्रक्रियामा जानु भएर यो बिवात को निष्कर्ष निकाले र यो बिवात लाई टुङ्गो लगाई दिनुभयो भने तपाई हामि सबै एक नेपाली भन्ने आवाज तपाई हामि नेपाली मा बुलन्द भयो भने आनन्द आउथेउ होला ;:!

पछिल्लो समय सामाजिक सन्जाल र विभिन्न अनलाइन
मिडियाहरुमा भाइरल.. हुनु भएका आदरणीय वरिष्ठ गायक: शम्भु राई,ज्यु र प्रकाश सपुत,बिच गलबन्दी गीतको बिषयलाइ
लिएर अहिले थप चर्चामा आएका हुन। चर्चित युवा गायक प्रकाश सपूत को #गलबन्दी सर्बाधिक दर्शक श्रोताहरुले मन पराइ युटुब ट्रेन्डिङ न.-१ मा पर्न सफल गीत पनि हो। गलबन्दी भाइरल भएपछी, गायक शम्भु राई ले गाउनु भएको देउसे गीतबाट कपि गरेको विभिन्न खालका आरोपहरु..संगै उक्त गीत हेर्ने र सुन्ने दर्शक दुई धारमा बाडिए।एक पक्षीय दर्शक हरु शम्भु राइको पक्षमा उभिए भने अर्को पक्षीय दर्शकहरु प्रकाश सपुतको पक्षमा उभिएर कृया प्रतिक्रीया गरिरहेका छ्न।
तर, फेरि पछिल्लो समय गायक प्रकाश सपुतले स्वरसम्राट:
नारायण गोपालको पनि त गीत कपि गरेको आरोप सहित
युटुबमा भिडियो अपलोड भएको छ।उक्त गीत सुन्दा हेर्दा ठ्याक्कै लय भाका हुबहु मिल्न जान्छ। के यो पनि संयोक नै हो त ? आम संगीतप्रेमी यो प्रश्नको उत्तरको प्रतीक्षामा छ्न।
सायद, शम्भु राई को गीत संग त संयोक ले मिल्यो होला।

यहि गलबन्दी गीतको सन्दर्भमा : यसो भन्नू हुन्छ गायक सुजन तिगेला बिगद डेढ दशक लामो समय देखिनै गीत संगीतको क्षेत्रमा होमिनु भएका आदरणीय गायक तथा संगीतकार: सुजन तिगेला लिम्बू ज्यु,यसो भन्नू हुन्छ ! भिडियो पुरै हेरेर प्रतिक्रिया दिनुहोला।





  1.  PRAKASH SAPUT: समय समयमा यसरी अपत्यारिलो रुपमा समाजमा उठेका विषयहरु माथी बहस हुन जरुरी छ ! यसले परिवर्तनका निम्ती ठुलो भुमिका खेल्छ । जस्तो : नेपालमा गितसंगितको औपचारिक रेकर्ड र व्यवसाय शुरु भएको यतिका वर्ष सम्म पनि कपिराईट सम्बन्धि स्पस्ट कानुन नहुनु दुखद कुरा हो । त्यसैले कपिराईट सम्बन्धि वृहत बहस हुनु जरुरी छ । नया र स्पस्ट कानुन बन्नु जरुरी छ । लोक गितको विषयमा त झन गम्भिर हुनु जरुरी छ । किनकि यो बौद्धिक सम्पति मात्रै नभएर राष्ट्रको पहिचान संग जोडिएको विषय पनि हो । जातिए विभेद सम्बन्धि अझै ठुलो बहस हुनु जरुरी छ । यो समयमा पनि जातिय बिषयमा वहस गर्नु पर्ने लड़ाई गर्नु पर्ने बाध्यता आधुनिक विश्व समाजमा नेपालको लागि सारै लाजमर्दो र दुर्भाग्य पुर्ण कुरा हो । यो हाम्रो नियति हो । हाम्रो चेतना स्तर र अन्धविश्वासको उपज हो । कतै पधेरामा तर्काएर कतै समाजिक सन्जालमा होच्याएर गरिने विभेदका नया नया ठाउ, शैली र सोचका विरुद्धमा बोल्न जरुरी छ । सोहि अनुसारको कानुन बन्न र कार्यान्वन हुन पनि जरुरी छ ।
    यो दुईवटै विषयको बहसलाई जारी राखौ / निरन्तरता दिउ ।
    एउटा टुङगो मा पनि पुर्याउ । त्यसमा अझै मिल्छ भने यो सामाजिक सन्जालको विषय पनि थपौ तर ! तर अलिक समय लिएर एउटा ठुलो समुहले अझै भनौ राज्य स्तरले छलफल र बहस गर्नु पर्ने यि गम्भिर विषयहरुमा एउटा सम्मानित जिवन बाचिरहेको अग्रज स्रष्टाको आत्मसम्मान र आखा भरी सपना र उर्जा लिएर आएको अर्को स्रष्टाको सिर्जनशिल समय वर्वाद हुनुहुदैन भन्ने हो । अरु जस्तै हाम्रो पनि सामान्य जिवन यापन र परिवारमा ठुलो समस्या आउनुत भएननी । त्यसैले पहिला यो मुख्य समस्या जे हो त्यसलाई टुङ्गोमा पुर्याउने हो कि ? । व्यक्तिगत रुपमा यो समस्या समाधान गरे पछि मात्रै संगित सम्बन्धि स्रस्टाहरु, संस्थाहरु संग बसेर कपिराईट सम्बन्धि छलफल र बहस गर्ने र जातिय रुपमा विभेद भोगिरहेका आफ्नो समुदाय संगै मिसिएर आवाज उठाउने प्रण गर्दछु । त्यसैले फेरी एक पटक स्पष्ट भन्छु - नआउनु समस्या आईहाल्यो यसले यदि भेगिय जातिय राजनीतिक रुप लियो भने दर्शक स्रोताले हामी दुईलाई मात्रै होईन सम्पुर्ण सर्जक स्रष्टा कलाकारलाई विभिन्न खेमामा बाड़ेर हेर्नेछन । साझा माया र लोकप्रियता सबैको घट्दै जानेछ । त्यसैले व्यक्तिगत रुपमा शम्भु राई सरको कुरा सम्बोधन हुने गरि हामी बिचको समस्या समाधान गर्ने अनि मात्रै यो घटनाबाट उब्जिएका अत्यन्त गम्भिर तर अस्पष्ट विषयहरु माथि तपाईहरु संगै जोडिएर बहसमा बस्ने मनसाय भएको हुदा बुधवार सम्मका लागि व्यक्तिगत रुपमा मैले रेस्पोन्स गरेन, यि विषयहरुलाई ईग्नोर गर्यो, संस्थागत भएन जस्ता गुनासाहरु नगरिदिनु होला । पहिलो कुरात म मानसिक रुपमा एकदमै विचलित भएको छु अन्य विषयहरुमा ध्यान जान सकेको छैन । अर्को कुरा म चाहन्छु कुनै भेगिय, जातिय, धार्मिक र राजनैतिक प्रभाव नपरिकन सकेसम्म संगित सम्बद्ध संघसंस्था, संगितकर्मिहरु र रजिष्स्टार कार्यलयको रहोबरमा यो भाका विवाद मिलोस । हालको यो संगितको मुद्दालाई संगितकै तर्कमा ढालौ । खासमा यो सामाजिक सञ्जालका कुरा तातिन्छ / सेलाउछ भनेर यसलाई मैले सामान्य रुपमा लिएको थिए । तर यसले व्युत्पन्न गरेका विषयहरु असामान्य बन्दै गईरहेका छन । त्यसलाई समाधान गर्नै पर्छ । शुभेच्छा दिनुहुने तपाईहरु सबै सबै प्रति कृतज्ञ छु । कृपया विषय प्रसंगलाई जटिलता तर्फ भन्दा पनि समाधानका लागि सकरात्मक र रचनात्मक भुमिका खेल्नुहुन तपाईहरु सबैसबैमा अनुरोध छ । एकबारको जुनिमा खुसीले बाचौ। मिलेर बसौ । धन्यबाद ।
  2. SHAMBHU RAI :नक्कली आईडीको बारेमा मेरो कुरा
सम्पूर्ण आदरणीय शुभचिन्तक दाजुभाई दीदी बहिनिहरुमा सादर अनुरोध सहित जानकारी गराउन चाहन्छु, अहिलेको "गलबन्दी" र मेरो गीत "आउ नाचौं साथि हो" को प्रतिलिपि सम्बन्धि कुरालाई लिएर हामि दुवै कलाकारहरुलाई अनेक गालि बेइज्जति पूर्ण पोस्ट कमेन्ट भै रहेको प्रति हाम्रो गहिरो ध्यानाकर्षण भएको र यस्ता अवान्छित कार्य नगरिदिन हार्दिक अनुरोध !
यसै क्रममा मेरो फोटो र नामको फेक नक्कली आईडि बनाएर अपाच्य र कपोल कल्पित भ्रामक कुरा फैलाउने प्रयास र कार्य भएको प्रति गम्भीर ध्यानाकर्षण भएको र त्यो जो-जस्ले गरे /गराए पनि तुरुन्तै त्यो कार्य बन्द गर्न म यहि बिज्ञप्ति मार्फत अनुरोध गर्दछु -/
कानुनि प्रकृया अर्को बाटो रहेको पनि अवगत रहोस ! कृपया मेरो नाम जोडेर भ्रामक र सामाजिक बिचलन निम्त्याउने कुनै पनि कुरा र कार्य नगर्न नगराउन दुई हात जोडेर बिन्ति गर्दछु !
म समाज र देशमा शान्ति र सदभाब फैलाउन चाहने गायक हुँ कृपया मलाई राजनीति र कुटनीतिमा नहोमी दिनु होला ! मलाई गीत गाउन दिनुहोस माया र सदभाब फैलाउन दिनुहोस अरुमा नमुछि दिनुहोस !
मलाई पैसा नाम भाईरल केहि चाहिएको छैन केवल मेरो लय त्यहाँ मिसियो मेरो नाम रहोस मेरो सिर्जनामा भन्ने सोंच राख्न त एउटा सर्जकको अधिकार हो ! मैले अधिकार मात्रै मागेको हो ! बुझिदिनु होला !
फेक नक्कली आईडीबाट पोस्ट हुने सबै कुराको बेवास्ता गर्नु होला र जस्ले त्यो कार्य गर्नु भएको र जे कारणले भए पनि तुरुन्तै त्यो अवान्छित कार्य बन्द गर्नु होला ! भोलि कानुनी कुराको सामना गर्दा अवश्य नराम्रो लाग्ने छ ! आजै त्यो दिन आउन नदिउँ ! यस्ता नराम्रो कार्य र गतिविधिले गहिरो चोट र दु:ख लागेको छ ! धन्यबाद !
गायक सम्भु राई,
अर्को 
मानिस छूत-अछुत हुन्छ म भन्दै भन्दिन! 
जाती र पाती छुट्याउने रितलाई म मान्दै मान्दिन!! 
२०३४ सालदेखि जातीय मुक्तिको लागि सांगीतिक क्रान्ति गर्दै जनताको माझमा गाउँदै आएको म शम्भु राईबाट 
स्वदेशदेखि विदेशसम्म रहनु हुने मेरा आदरणीय श्रोता-दर्शक ज्युहरुमा हार्दिक नमस्कार अनि अभिबादन गर्दछु । 
केहि दिन यता गायक तथा संगीतकार भाई प्रकाश सपुतले गलबन्दी बोलको गीत म्युजिक भिडियो युट्युबबाट सार्वजनिक गरेको देखियो र उक्त शब्द संयोजनमा मेरो देउसी भैलो गीतको "आउ नाचौं साथी हो" भन्ने शब्दमा राखिएको मेरो कम्पोज (भाका र लय) मिल्न गएको विवादित बिषय नितान्त प्रतिलिपि अधिकारसंग सम्बन्धित रहेको अवगत गराउन चाहन्छु साथै यही बिषयलाई लिएर सामाजिक संजालहरुमा निक्कै टिका-टिप्पणीका बिच अहिले जातीय बिबाद र सामाजिक सद्भाव खल्बल्याउने मनसायले केही आपत्तिजनक अभिव्यक्तिहरु पनि प्रकट भएको देखिएको र सुनिएको हुँदा त्यस प्रति म धेरै दु:खीत छु साथै यस्ता अमर्यादित किसिमले सामाजिक संजालबाट कसैले पनि अभिव्यक्ति नदिन हुन म सम्पूर्ण दाजु-भाई तथा दिदी- बाहिनीहरुमा बिनम्र अनुरोध गर्दछु ।
तपाईहरुकै 
शम्भु राई 
गायक तथा संगीतकार

SHARE !!!SHARE

0 comments:

आफ्नो विचार COMMENT गर्नुहोस् धन्यवाद

Popular Posts

Featured Video