Thursday, December 26, 2019

हामी सँधै झैँ हाँसी खुशी परिवारमा संगै छौँ । हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।

हामी सँधै झैँ हाँसी खुशी परिवारमा संगै छौँ । हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।


ONLINE NEWS / तथा सामाजिक संजालहरु  मा Ram krishna dhakal र श्रीमती बिचको सम्बन्ध विच्छेद को कुरा ले साम जिक्संजाल  छाप्पिएको देखिन्छ l  चर्चित गायक राम कृष्ण ढकाल बारे  को यो गलत समाचार ले तपाई हामी लाई पनि दुखि बनाएको छ l 
नेपाली सांगीतिक क्षेत्र  मा कुनै समय एकक्षत्र  राज गरेका नेपाली संगीत जगत का एक बलियो पर्खाल चर्चित गायक रामकृष्ण 
ढकाल को नकारात्मक समाचर ले तपाई हाम्रो मन मा यदि हामी मानिस  हौँ र हामि संग  माया र मन भन्ने चिज छ l  भने रामकृष्ण ढकाल ज्यु लाई तपाई हामी जस्ता साधारण मानिन  लाई त उहाँ  प्मारति माया  लाग्छ l  भने उहाको श्रीमती  लाई कसरि माया नलाग्ला ?तपाई हामी लाई लागेको त्यो कौतुहलता मेटाउने राम कृष्ण  ढकाल ज्यु आफै ले लेखेको यो facebook status ले निकै नै सान्त मिल्छ l


ram krishna dhakal 

मैले आफुले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ। कति गाए त्यो अंकमा गनेको पनि छैन। जिवनको यो लामो अन्तरालमा मैले कति दर्शक/श्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाइ मेरा आफ्ना आलोचक र प्रसम्शक कति रहेछन भन्ने कुराको आभाष भएको छ। सम्पुर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु र रहिरहनेछु।
पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु। विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रति को न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा 
कलोकल्पित  भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु ।सार्वजनिक चासोको विषय बन्दा बन्दै पनि सबैका आ-आफ्नै पारिवारिक विषय हुन्छन जुन नितान्त व्यक्तिगत हुन्छन। व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाइ कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो। यसर्थ म प्रती चासो देखाउनु हुने मेरा सम्पुर्ण दर्शक / श्रोतालाई यति कुरा प्रष्ट पार्न चाहान्छु कि आज म जे छु त्यो सबै तपाई सम्पुर्ण दर्शक/ श्रोताका कारण छु तर नेपाली गित संगीत क्षेत्रमा मलाइ अनवरतरुप मा हिडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरि श्रीमती निलम हुन् । हामी सँधै झैँ हाँसी खुशी परिवारमा संगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।
आशा छ तपाईहरुको माया रहिरहने छ।
सबैको दिन शुभ रहोस!


©ownfriendlystudio

0 comments:

आफ्नो विचार COMMENT गर्नुहोस् धन्यवाद

Popular Posts

Featured Video