Tuesday, December 17, 2019

देश विकास मा लागि परेका सामाजिक अभिनेता mahabir pun लाई बैंक,नेपाल सरकार ले ऋण पत्ताएन !

देश विकास मा लागि परेका सामाजिक अभिनेता mahabir pun लाई बैंक,नेपाल सरकार ले ऋण पत्ताएन !



देश को भलो चाहने  र देश  बिकास गर्नु पर्छ  देश  को लागि केहि गर्नुपर्छ भन्ने एक महान  नायक  प्रेरणा को श्रोत  Mahabir Pun  लाई  बैंक ,नेपाल सरकार  ले  ऋण  नपत्ताए पछी  facebook मा  यस्तो  अनुरोध गर्दै  
पोस्ट लेख्नु  भयो  जस्ता को तस्तै :
बिश्वासको भरमा 4% बार्षिक ब्याज दरमा मेरो नाममा ऋण दिने नरम हृदय भएको कोहि नेपालीहरु अथवा समुहहरु हुनु हुन्छ अमेरिका, क्यानाडा, युरोप, जापान, अस्ट्रेलिया र अन्य देश तिर बस्ने? यो ऋण मैले दुई ओटा महत्वपुर्ण कामको लागि खोजेको हो. करिब ३ करोड चाहिएको छ. एउटाले नै सबै रकम ऋण दिनु पर्छ भनेको होइन. सकेको ५, १०, २० लाख दिए पनि हुन्छ.

पहिलो काम नेपालमा नै नभएको पूर्ण रुपमा दुर्गम ग्रामिण समुदायलाइ मात्र फाइदा दिने मोडेलको सामुदायिक पर्यटन अथवा Community Owned Eco-tourism बिकासको लागी हो. यो काम आंशिक रुपमा बिगत १० बर्ष देखी चलीरहेको छ तर यसलाई हामी बढाउन (Scale up) चाहन्छौं. यसको लागि नेपाल सरकार र बैंकहरु संग सहयोग लिने प्रयास गरियो तर कुनै सहयोग नपाए पछि ऋण खोज्दैछु. यसको बिस्तृत जानकारी चाहिएमा मलाई सम्पर्क गर्नु होला. यसको लागी एक करोड रुपैंया चाहिएको छ.

दोश्रो काम राष्टिय आविष्कार केन्द्रको लागी एउटा सानो स्केलको "सामानहरु बनाउने कारखाना अर्थात् Manufacturing Plant" बनाउन जरुरी भएको छ. आविष्कार केन्द्रमा सफलतापुर्बक अनुसन्धान भएका बस्तुहरुलाई सानो स्केलमा उत्पादन गरी बजारमा बेच्न र बजार परिक्षण गर्नको लागि यस्तो प्लान्ट चाहिएको हो. बिभिन्न वित्तीय संस्था र बैंकहरु बाट यस्तो ऋण पाउन गाह्रो भएको हुनाले नरम हृदय भएको दाताहरु संग ऋणको लागी अनुरोध गरेको हो. यसको लागी दुई करोड रुपैंया चाहिएको छ.

कोहि हुनु हुन्छ भने मलाई mahabir@nicnepal.org मा सम्पर्क गर्नु होला. यसो गनु भयो भने देशको उद्धार हुनेछ. ऋण ३ बर्षको लागि हो र साँवा ब्याज नेपाली मुन्द्रामा तिरिनेछ.

यादी तपाई सक्नुहुन्छ भने सहयोग गर्नुहोस् नसके पोस्ट share गरे र सहयोगी मन  सहयोगी दाता समक्ष  पुर्याउन  सहयोग गर्नुहोस  धन्यवाद
 

Mahabir Pun is a Nepalese teacher, social entrepreneur 
and an activist is known for his extensive work in applying wireless technologies 
to develop remote areas of the Himalayas, also known as the Nepal Wireless Networking Project.
 He is a widely known figure in Nepal, and his work has been recognized by the Ashoka Foundation,
 the Ramon Magsaysay Foundation, the University of Nebraska, and Global Ideas Bank. He is a 
humanitarian whose work is inspiring many youths to return their own country and serve it for its development.



name:mahabir pun

Born:22 January 1955
       Nangi Village, Myagdi District, Nepal
Nationality: Nepali
Alma mater: the University of Nebraska at Kearney
Known for: Introducing Wireless Internet technology in remote areas of Nepal


0 comments:

आफ्नो विचार COMMENT गर्नुहोस् धन्यवाद

Popular Posts

Featured Video